नेपाल टी-ट्वान्टीबाट एक पैसा पनि पाएको छैनः सागर पाण्डे

नेपाल टी-ट्वान्टीबाट एक पैसा पनि पाएको छैनः सागर पाण्डे


काठमाडौं नाइट्सका फिजियो सागर पाण्डेले नेपाल टी-ट्वान्टी लिगबाट आफूले एक रुपैयाँ पनि नपाएको सामाजिक सञ्जालमार्फत बताएका छन्। 

गत वर्ष पुसमा सम्पन्न नेपाल टी-ट्वान्टी लिगमा नाईट्सका केही खेलाडीले ५० प्रतिशतसम्म पारिश्रमिक पाए पनि आफूले हालसम्म एक रुपैयाँ पनि नपाएको गुनासो पोखेका छन् ।

'म टिममा जोडिएको दोस्रो दिनमा नै टिमका व्यवस्थापक भागेका थिए। जसले गर्दा मैले सम्झौता गर्न पाएन । यो कुरा मैले नाईट्स र क्यान दुबैलाई बताएको थिए । टिमका सबै कर्माचारी एक एक गरि भाग्दा अन्तिमसम्म म मात्र खेलाडीसँग थिए । र मैले भूमिका र जिम्मेवारी निर्वाह गरेको थिए', उनले लेखेका छन् ।

खेलाडीले पैसा नपाएसम्म नखेल्ने भनि खेल नै रोकेका थिए। काठमाडौं र विराटनगरबीचको खेल हुन नसकेपछि क्यानले लिखित सम्झौता गरेको थियो । 'लिखित सम्झौतमा फिजियोको पनि पारिश्रमिक उपलब्ध गराउने लेखिएको थियो', उनले लेखेका छन् ।

'खेल सकिएपछि केहि खेलाडीले ५० प्रतिशत पारिश्रमिक पाएको अवस्था छ। मैले अहिले सम्म एक रुपैयाँ पाएको छैन । यति सम्मकी खेलको दौरानमा खेलाडीलाई उपचार गराएको बिलको भरपाइ समेत पाईन। क्यानसँग सम्झौता गर्दा छिटो दिने भने पनि मलाई कति पैसा हो र कहिले दिने भनेर कसैले खोजेको पनि छैन' उनले लेखेका छन् ।

'म एउटा श्रमिक हो र पारिश्रमिक पाउने मेरो अधिकार हो । यो अधिकार बाट मलाई बन्चित गराउनु भनेको न्याय र कानुन संगत होईन। आशा छ यो पोस्ट हजुर सम्म पुग्ने छ र मेरो पारिश्रमिक मलाई मिल्ने छ', उनले लेखेका छन् ।

Logo