टोरोन्टोलाई पराजित गर्दै दीपेन्द्रको टिम शिर्ष स्थानमा

टोरोन्टोलाई पराजित गर्दै दीपेन्द्रको टिम शिर्ष स्थानमा


नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध रहेको मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा टोरोन्टो नेशनललाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। 

ओन्टारियोमा भएको खेलमा नेशनल डीएल पद्धतिको आधारमा २३ रनले पराजित भएको हो। वर्षाको कारण खेल प्रभावित हुँदै ६-६ ओभरको मात्रै भएको थियो।  दीपेन्द्रले प्लेइङ-११ मा स्थान बनाए पनि बलिङ र ब्याटिङ दुबै गर्ने अवसर पाएनन्।  

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको टाईगर्सले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ७७ रन बनायो।टाईगर्सका लागि ओपनर तथा कप्तान क्रिस लिनले १८ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहे । अर्का ओपनर मोहम्मद वासिमले १३ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाएका थिए ।

Logo