काठमाडौं ।
युवा तथा खेलकुद मन्त्रालयबाट चार जना खेलकुद पत्रकार ‘युवा तथा खेलकुद पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् ।
खेलकुद मन्त्रालयले सोमबार कान्तिपुर दैनिकका ध्रुब तुलाधर, अन्नपूर्ण पोस्ट दैनिकका रोशन राउत, नेपाल टेलिभिजनका प्रिया लक्ष्मी कार्की र पोखराका खेल पत्रकार केशब पाठकलाई पुरस्कृत गरेको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले उनीहरुलाई नगद ५०/५० हजार रुपैयाँ सहित सम्मान गरेका हुन् । सञ्चार माध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदान स्वरुप उनीहरुलाई खेलकुद पत्रकार तथा सम्मानबाट सम्मानित गरिएको हो ।































प्रतिक्रिया