नर्वेमाथि रोमाञ्चक जित निकाल्दै जापान क्वाटरफाइनलमा

नर्वेमाथि रोमाञ्चक जित निकाल्दै जापान क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

जापान फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

न्युजिल्यान्डको वेलिङटनस्थित वेलिङटन रिजनल स्टेडियममा शनिबार भएको खेलमा नर्वेलाई ३–१ ले पराजित गर्दै जापानले अन्तिम आठको स्थान पक्का गरेको हो । जापानको जितमा रिसा सिमिजु र हिनाता मियाजावाले गोल गर्दा एक गोल उपहार पाएको थियो । नर्वेकी गुरो रेइटेनले एक गोल फर्काइन् । खेलको १५औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिन सफल भएको जापानले दाेस्राे हाफमा उत्कृष्ट प्रदर्शन गर्दै २ गाेल थपेकाे थियाे । 

अब जापानले क्वाटरफाइनलमा स्वीडेन र अमेरिकाबीचको विजेतासँग ११ अगस्टमा खेल्नेछ ।

Logo