ललितपुरमा भदौ २१ गतेदेखि पाँचौं खुल्ला राष्ट्रिय किक बक्सिङ्ग हुने

ललितपुरमा भदौ २१ गतेदेखि पाँचौं खुल्ला राष्ट्रिय किक बक्सिङ्ग हुने

केन्द्रबिन्दु
0
Shares

आगामी भदौ २१ गतेदेखि पाँचौं खुल्ला राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता हुने भएको छ । 

ललितपुर किकबक्सिङ्ग संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा आउँदो भदौ भदौ २१, २२ र २३ गते पाँचौं खुल्ला राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता हुन लागेको ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बताएका छन् । 

नेता स्व.गणेशमान सिंहको सम्झनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता गोदावरी नगरपालिका वडा नं ११ प्याङ्गगाउँस्थित खेल मैदानमा संचालन गर्न लागिएको उनले जानकारी दिए । उनले उक्त प्रतियोगितामा पुरुष ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहने जानकारी दिए । 

त्यस्तै महिला ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहने पनि जानकारी गराएका छन् ।

प्रतियोगितामा प्रथम टिम च्याम्पियनलाई १ लाख, दोस्रो टिम च्याम्पियन  ५० हजार र तेस्रो टिम च्याम्पियन २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । साथै उत्कृष्ट खेलाडिमहिला तथा पुरुषलाई जनही २५ हजार  रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ्ग, मुआई थाई किकबक्सिङ्ग, फुल कन्ट्याक्ट कराते, आईटीएफ र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगिताको अनुमानित कुल बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ पनि महर्जनले जानकारी दिएका छन् । 

Logo