साविक विजेता अमेरिकालाई हराउँदै स्विडेन विश्वकपको क्वाटरफाइनलमा

साविक विजेता अमेरिकालाई हराउँदै स्विडेन विश्वकपको क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

साविक विजेता अमेरिकालाई हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

आइतबार मेलवर्न स्टेडियममा भएको खेलमा अमेरिकालाई पेनाल्टी सुटआउटमा ५-४ गोलअन्तरले हराउँदै स्विडेनले क्वाटरफाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि ३० मिनेट समय थप गरिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको त्यस समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा स्विडेन भाग्यमानी सावित भयो । 

स्विडेनको जितमा लिना गुर्टिग, म्याग्डालेना एरिक्सन, अन्ना बेनिसन, लेन रुबेन्सन र फ्रिडोलिना रोल्फोले गोल गर्न सफल भए भने रेबेका ब्लोमक्विस्ट र नथाली ब्योर्न चुके । अमेरिकाका लागि भने एलिसा नेहर, क्रिस्टी मेविस, लिन्डसे होरान र एन्डी सुलिवानले गोल गर्दा केली ओखरा, सोफिया स्मिथ र मेगन रापिनोले भने गोल गर्न सकेनन् । 

Logo