नाइजेरियालाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

नाइजेरियालाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्रिसवन स्टेडियम अष्ट्रेलियमा सोमबार भएको खेलमा नाइजेरियालाई पराजित गर्दै पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम आठको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा खेल गोलरहित बराबरी बनेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । 

पेनाल्टी सुटआउटमा इंग्ल्यान्डकी बेथानी इंग्ल्यान्ड, रचेल डाली, एलेक्स ग्रीनवुड र चोलोई केलीले गोल गरिन् भने जर्जिया स्टानवेले गोल गर्न सकिनन् । त्यस्तै। नाइजेरियाकी क्रिष्टि युचेइवी र रसहिडाट एजिबाडेले मात्रै गोल गर्न गर्दा  डिसाएर ओपारानोजी र मिचेली एलोजीले गोल गर्न सकिनन् ।

त्यसअघि खेलको ८७औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिन पुगेको थियो ।  भिएआरको सहायतामा लौरेन जेम्स सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएकी थिइन् । 

अब इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्विया र जमैकाबीचको विजेतासँग १२ अगस्टमा खेल्नेछ । 

Logo