इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

टाइब्रेकरमा नाइजेरियालाई पराजित गर्दै इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रि-क्वाटरफाइनलमा नाइजेरियालाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेको हो। निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा लिइदा इंग्ल्यान्डले बाजी मारेको हो।

टाइब्रेकरमा इंग्ल्यान्डकी बेथानी इंग्ल्यान्ड, रचेल डाली, एलेक्स ग्रीनवुड र चोलोई केलीले गोल गरिन्। जर्जिया स्टानवेले गोल गर्न सकिनन्।नाइजेरियाकी क्रिष्टि युचेइवी र रसहिडाट एजिबाडेले मात्रै गोल गर्न सफल हुँदा डिसाएर ओपारानोजी र मिचेली एलोजीले गोल गर्न सकिनन्।

३२औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पाएपनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिएको थियो। ८७औँ मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो। लौरेन जेम्स सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो।

त्यसअघि ब्रिसवन स्टेडियम अष्ट्रेलियमा सोमबार भएको खेलमा १० खेलाडीमा समेटिएको इंग्ल्यान्डले बल पोसेसन राख्दै लगातार दवा सिर्जना गरेपनि नाइजेरियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो।

सुरुवातमा पहेलो कार्ड देखाइएपनि पछि भिएआरको सहायतामा उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएको थियो। अब इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्विया र जमैकाबीचको विजेतासँग १२ अगस्टमा खेल्नेछ। यि दुई टोलीले ८ अगस्टमा खेल्दैछ।

Logo