डेनमार्कलाई हराउँदै अष्ट्रेलिया क्वाटरफाइनलमा

डेनमार्कलाई हराउँदै अष्ट्रेलिया क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

डेनमार्कमाथि सहज जित हात पार्दै सह-आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको प्रि-क्वाटरफाइनलमा डेनमार्कलाई २-० ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय गरेको हो। अष्ट्रेलियाको जितमा केटलिन फुर्ड र हेले रासोले गोल गरिन् । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो।

७१ औँ मिनेटमा हेले रासोले गोल गर्दै अष्ट्रेलियाको सहज जित पक्का गरिन्। इमिली भान इगमन्डको ब्याक पासलाई उनले सुन्दर गोलमा परिणत गर्न सफल भएका थिए। अष्ट्रेलिया ८ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भएको हो। यसअघि अष्ट्रेलिया सन् २००७, २०११ र २०१५ मा गरी लगातार तेस्रोपटक फाइनलमा पुग्न सफल भएको थियो। अष्ट्रेलिया क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन।

स्टेडियम अष्ट्रेलिया सिड्नीमा प्रतिस्पर्धात्मक बनेको खेलको २९औँ मिनेटमा केटलिन फुर्डले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा १–० को अग्रता दिलाइन्। उनले मारी फोलेरको पासमा गोल गर्न सफल भइन्। अष्ट्रेलियाले क्वाटरफाइनलमा फ्रान्स र मोरोक्कोबीचको विजेतासँग १२ अगस्टमा खेल्नेछ। यि दुई टोली फ्रान्स र मोरोक्कोले मंगलबार प्रतिस्पर्धा गर्दैछ ।

Logo