छैटौं राष्ट्रिय उमा कुङ्फु भदौ २२ देखि तारकेश्वर नगरपालिकामा हुने

छैटौं राष्ट्रिय उमा कुङ्फु भदौ २२ देखि तारकेश्वर नगरपालिकामा हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ २२ गतेदेखि हुने भएको छ। प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न ३३ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराए।

सान्डा र प्याटर्नमा गरी जम्मा ४७ स्पर्धामा खेल हुनेछ। सान्डा र प्यार्टनमा उत्कृष्ट हुने पुरुष/महिला खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको मुख्य जजमा अन्तर्राष्ट्रिय निर्णायकद्वय सिद्धार्थ लामा तामाङ र संजीत कुमार राई रहेका छन्। अन्य जजमा कमल मगर, रमेश महर्जन, भुपेन्द्र गुरुङ र मुन्नी सुवेदी लामा तामाङ छन् ।

श्याम डंगोल,मनोज विन्दुकार, सुदेन गुरुङ, सञ्जयराज पुटुवार, कुसुम तामाङ,सरिना घले,सुनिता श्रेष्ठ, पासाङ तामाङ, रविन पुटुवार, सिवान सुनुवार, निराजन मुक्तान, मनीष पुटुवार र श्रृषा खनालले रेफ्रीको भूमिका निर्वाह गर्ने छन्।

प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न आयोजक नेपाल उमा कुङफु संघले शिवकुमार कुँवरलाई संयोजकको जिम्मेवारी दिएको छ। दुईदिने प्रतियोगिताका खेलहरु तारकेश्वर नगरपालिकाको जरंकुमा हुनेछ।

Logo