एएफसी कप छनोट: भुटानी क्लबमाथि मछिन्द्रको जित

एएफसी कप छनोट: भुटानी क्लबमाथि मछिन्द्रको जित

केन्द्रबिन्दु
0
Shares

मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्लेअफमा विजयी सुरुवात गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा मछिन्द्रले भुटानको पारो फुटबल क्लबमाथि ३-२ गोलअन्तरको जित हात पारेको हो । मछिन्द्रको जितमा आयुष घलान, विमल घर्ती मगर र अ‍ोलावाले आफिजले समान एकएक गोल गरे । पारोतर्फ काजुअ‍ो र असान्तेले समान एकएक गोल गरे । 

खेलमा सुरुवाती अग्रता पारोले लिएपनि मछिन्द्रले उत्कष्ट पुनरागमन गर्न सफल भयो । पहिलो हाफमा एक गोल खाएको मछिन्द्रले ३ गोल गर्न सफल भएको थियो । दोस्रो हाफमा भने पारोले एक गोल थपेको थियो । मछिन्द्रले पनि गोलको राम्रो अवसरहरु पाएको थियो तर, सदुपयोग गर्न सकेन । 

ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स नभएका कारण लिगको उपविजेता मच्छिन्द्रले एएफसी कपमा प्रतिस्पर्धाको मौका पाएको हो । गत वर्ष लिग विजेताका रुपमा मछिन्द्रले एएफसी कपको प्ले अफमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दा हार बेहोरेको थियो ।

अब मछिन्द्रले दोस्रो राउण्डमा कोलकत्ताको मोहन बगानसँग खेल्नेछ । 

Logo