लिगको पहिलो खेलमै अल नासरको हार

लिगको पहिलो खेलमै अल नासरको हार

केन्द्रबिन्दु
0
Shares

यसै साता मात्र अरब क्लब कपको उपाधि जितेको अल नासरले साउदी प्रो लिगको पहिलो खेलमा हार बेहोरेको छ।

सोमबार राती भएको खेलमा अल इतिफकले अल नासरलाई २-१ ले पराजित गरेको हो। स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको अल इतिफकले सुरुवाती समयमा नै पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित हासिल गरेको हो।

नियमित कप्तान क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा अल नासरलाई साडियो मानेले अग्रता दिलाएका थिए। उनले खेलको चौथो मिनेटमा नै सानदार सुरुवात दिलाए। तर त्यसपछि उनका पूर्व सहकर्मी जोर्डन हेन्डरसन सम्मिलित अल इतिफकले पुनरागमन गर्यो।

दोस्रो हाफको ४७ औँ मिनेटमा रोबिन क्वेजनले अल इतिफकका लागि बराबरी गोल फर्काए। ५३ औँ मिनेटमा गोलरक्षक नवाफ अल अकिदीको गल्तीमा मौसा डेम्बेलेले गोल गरे। नवाफले क्रसमा आएको बल फुस्काएपछि डेम्बेलेले गोल गरेका थिए।

लिगको पहिलो चरणमा अल इतिहादले अल राएदलाई ३-० ले पराजित गर्दा अल हिलालले अभामाथि ३-१ को जित निकाल्यो। त्यसअघि शुक्रबार रोबर्टो फिर्मिनोको ह्याट्रिकमा अल आहलीले अल हाजमलाई ३-१ ले हराएको थियो।

Logo