वेर्डर ब्रेमेन बार्यनसँग पराजित

वेर्डर ब्रेमेन बार्यनसँग पराजित


जर्मन बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा बायर्न म्युनिखले विजयी भएको छ। शुक्रबार राती भएको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई हराएको हो। 

११ पटकको लिग च्याम्पियन बार्यन ४-० गोल अन्तरले विजयी भएको हो। बार्यनका लागी डेब्यु खेल खेलिरहेका ह्यारी केनले १ गोल गरे । बार्यनका लेरोई सानले २ र म्याथिस टेलले १ गोल गरे।यो जितसँगै साबिक विजेता बार्यनले पहिलो खेलमा नै ३ अंक जोडेको छ।

Logo