स्वीडेनले फिफा महिला विश्व कप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।
ब्रिस्बेन स्टेडियममा शनिबार भएको खेलमा आयोजक अस्ट्रेलियालाई २-० गोलअन्तरले हराउँदै स्वीडेन तेस्राे भएकाे हो । स्वीडेनको जितमा कोसोवरे अस्लानी र फ्रिडोलिना रोल्फोले समान एकएक गोल गरे ।
खेलको पहिलो हाफमा एक गोल गरेको स्वीडेनले दोस्रो हाफमा थप एक गोल थपेको थियो । तर, खेलकाे प्रदर्शनमा पनि केही कमजाेर देखिएकाे अस्ट्रेलियाले भने गाेलकाे अवसर सिर्जना गर्न सकेन ।
योसँगै आयोजक अस्ट्रेलिया भने चौथो स्थानमा सिमित भएको छ । सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड र स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा पुगेका छन् । फाइनल खेल आइतबार हुनेछ ।































प्रतिक्रिया