नेपाल एसिया रग्बीको सेमिफाइनल पुग्न सकेन

नेपाल एसिया रग्बीको सेमिफाइनल पुग्न सकेन

केन्द्रबिन्दु
0
Shares

नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु-२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ। दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको एसिया रग्बी सेभेन्समा नेपालको यु-२० पुरुष टोलीले समूहको तीन खेलमा हार बेहोरेपछि सेमिफाइनलमा पुग्न असफल भएको हो ।  

नेपालको समूह ‘बी’ मा थियो। पहिलो खेलमा भारतसँग २८-० ले पराजित भएको नेपाल मलेसियासँगको ४४-० ले गुमाएको थियो। पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पनि मलेसियासँग ४४-० ले स्तब्ध भयो। फाइनलमा पुग्ने लक्ष्य राखेको नेपालको लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको थियो ।

समूहको अन्तिम खेलमा पनि नेपाल हङकङसँग ३६-० ले हार बेहोयो। अब नेपालले पाँचौं स्थानका लागि आइतबार उज्बेकिस्तासँग खेल्नेछ । आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन्। 

यता, महिलातर्फ डबल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालको यु-२० महिला टोलीले तीन खेलमा नै हार बेहारेको छ। नेपाली युवा टोलीले तीन खेलमा नै हार सामना गरेपछि उपाधि जित्ने सम्भावना भने समाप्त भएको छ ।

महिलातर्फ लिगमा प्राप्त अंकको आधार शीर्ष तीन निर्धारण हुनेछ। पहिलो खेलमा हङकङसँग ३४-५ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियासँग २४-० ले हार बेहोरेकाे छ । लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने अवसर गुमेको हो ।

तेस्रो खेलमा भने नेपाल थाइल्यान्डसँग ४५-० को फराकिलो हार सामना गर्न बाध्य भयो। यद्यपि, बाँकी आइतबार तीन खेलमा जित निकाल्दा भने नेपाल दोस्रो र तेस्रो हुने अवसर जीवन्त छ। दुई दिने प्रतियोगितामा आइतबार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन्। प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरेका थिए ।

उद्घाटनको अवसरमा एसिया रग्बीका अध्यक्ष कायस अल धलाई, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतले उपस्थिति रहेको थियो।

Logo