ला लिगामा बार्सिलोनाको पहिलो जीत

ला लिगामा बार्सिलोनाको पहिलो जीत

केन्द्रबिन्दु
0
Shares

साबिक विजेता बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा पहिलो जीत हात पारेको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले क्याडिजलाई २-० गोलले हराएको हो।

क्याम्प नाउको पुननिर्माण कार्य चलिरहेकाले बार्साले यो सिजन ओलम्पिक स्टेडियमलाई घरेलु मैदान बनाएको छ। बराबरी तर्फ अघि बढिरहेको खेलमा बार्साले अन्तिम समयमा दुई गोल गर्न सफल भएको थियो।

८२ औँ मिनेटमा इल्के गुन्डोगानको पासमा पेड्रीले बार्सालाई अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीको पासमा फेरान टोरेसले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे।बार्सिलोना पहिलो खेलमा गेटाफेसँग बराबरीमा रोकिएको थियो। दुई खेलपछि बार्साको चार अंक पुगेको छ। 

आइतबारको खेलमा लामिन यामाल बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए। उनले मात्र १६ वर्ष ३८ दिनमा बार्साका लागि डेब्यू गरेका हुन्। आइतबार भएका अन्य खेलमा जिरोनाले गेटाफेलाई ३-० गोलले हरायो भने एट्लेटिको मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकियो।

Logo