वेस्ट ह्यामसँग चेल्सीको हार

वेस्ट ह्यामसँग चेल्सीको हार

केन्द्रबिन्दु
0
Shares

प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामसँग नमिठो हार ब्यहोरेको छ। आईतबार राति लण्डन डर्बीमा चेल्सीले वेस्ट ह्यामसँग ३–१ को फराकिलो हार ब्यहोरेको हो। खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सिमित बनेको वेस्ट ह्याममाथि ठुलो लगानीको क्लब चेल्सीले जित निकाल्न सकेन।

डिफेन्डर नायेफ अगुइर्डले वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाएका थिए। कानी चुक्कुएमेकाले चेल्सीका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। इनचो फर्नान्डेज पेनाल्टीमा चुकेपछि चेल्सीले अग्रता लिने अवसर गुमाउन पुग्यो। उनको प्रहारलाई गोलकिपर अल्फोस अरेओलाले बचाएका थिए।

माइकल एन्टोनियोले ५३ औँ मिनेटमा वेस्टलाई २-१ को अग्रता दिलाए।अन्तिम समयमा कप्तान लुकास पाक्केटाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई ३-१ को शानदार जित दिलाए।

चेल्सीबाट डेब्यु गरेका कीर्तिमानी महङ्गा खेलाडी मोइसिस काइसेडोको फलमा वेस्ट ह्यामले अन्तिम समयमा पेनाल्टीको अवसर पाएको थियो। लिगको पहिलो खेलमा चेल्सीले लिभरपुलसँग बराबरी खेलेको थियो। खेलाडी सरुवा बजारमा ठुलो धनराशी खर्च गरेको चेल्सीले सिजनको खराब सुरुआत गरेको छ।

Logo