लंका प्रिमियर लिगमा क्यान्डि च्याम्पियन

लंका प्रिमियर लिगमा क्यान्डि च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको लंका प्रिमियर लिग (एलपिएल) २०२३ को फाइनलमा डम्बुला आरालाई बी लव क्यान्डि च्याम्पियन भएको छ। डम्बुलाले दिएको १ सय ४८ रनको लक्ष्य क्यान्डिले १९ दशमलब ५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेकाे हाे। 

क्यान्डिका लागि कामिन्दु मेन्डिस ३७ बलमा ३ चौका र १ छक्कासहित ४४ रन बनाए। ओपनर मोहम्मद हरिसले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २६ रन बनाए।कप्तान एन्जिलो म्याथ्युजले २१ बलमा ३ चौकासहित २५ रन बनाए। दीनेश चान्डिमल २४ र आसिफ अली १९ रनमा आउट भए।

डम्बुलाका लागि नुर अहमदले ३ तथा बिनुरा फ्रेनान्डोले २ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको डम्बुलाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो। उसका लागि धनन्जय डि सिल्भाले २९ बलमा ३ छक्कासहित ४० रनको योगदान दिए। सदिरा समाराविक्रमा ३० बलमा ५ चौकासहित ३६, कुशल मेन्डिस २२ रन बनाए।

क्यान्डिका लागि चतुरंगा डी सिल्भाले २ तथा नुवान प्रदीप र मोहम्मद हसनैनले समान १/१ विकेट लिए। चोटका कारण क्यान्डिका नियमित कप्तान वानिन्दु हसरंगा फाइनल गुमाएका थिए। हसरंगाले प्रतियोगितामा सर्वोत्कृष्टसहित उत्कृष्ट बलर र ब्याटर दुबै अवार्ड जिते। उनले प्रतियोगिताभर १० खेलमा २ सय ७९ रन बनाउनुको साथै १९ विकेट लिएका थिए।

Logo