एसिया कपमा नेपालसँग खेल्ने भारतीय टोलीको घोषणा, बुमराह पनि समेटिए

एसिया कपमा नेपालसँग खेल्ने भारतीय टोलीको घोषणा, बुमराह पनि समेटिए

केन्द्रबिन्दु
0
Shares

पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप क्रिकेटका लागि भारतले राष्ट्रिय टोलीको घोषणा गरेको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतको टोलीमा दुई प्रमुख ब्याटर केएल राहुल र श्रेयर अय्यर तथा तीव्र गतिका बलर जसप्रित बुमराहले पूनरागमन गरेका छन् । 

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । 

समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । 

भारतीय टोली-

रोहित शर्मा (कप्तान), विराट कोहली, ईशान किशन, शुभमन गिल ,केएल राहुल, श्रेयर अय्यर, तिलक बर्मा, सुर्य कुमार यादव, हार्दिक पान्ड्या (उपकप्तान),रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, प्रसिद्ध कृष्णा,मोहम्मद सिराज ।

May be an image of text that says 'INDIA SQUAD ASIA CUP 2023 ROHIT SHARMA (C) SHUBMAN GILL VIRAT KOHLI SHREYAS IYER SURYAKUMAR YADAV TILAK VARMA KL RAHUL ISHAN KISHAN HARDIK PANDYA (VC) RAVINDRA JADEJA SHARDUL THAKUR AXAR PATEL KULDEEP YADAV JASPRIT BUMRAH MOHD. SHAMI MOHD. SIRAJ PRASIDH KRISHNA TRAVELING STANDBY PLAYER: SANJU SAMSON BCCI.TV SIA UP #ASIACUP2023'

Logo