नेपालसँग हङकङ अलआउट, सीता रानामगर एक्लैले लिइन् ५ विकेट

नेपालसँग हङकङ अलआउट, सीता रानामगर एक्लैले लिइन् ५ विकेट

केन्द्रबिन्दु
0
Shares

हङकङले महिला टि२० आई खेलमा नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएको हो । हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन जोडिन् । त्यस्तै, डोरोथेआ चानले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । 

हङकङलाई सस्तैमा रोक्ने क्रममा नेपालकी अलराउन्डर सीता रानामगर एक्लैले ५ विकेट लिइन् । सो क्रममा ४ ओभर बलिङ गरेकी उनले मात्रै १६ रन खर्चेर ५ विकेट लिएकी हुन् । त्यस्तै, इन्दु बर्माले २ विकेट तथा कविता कुँवर, पूजा महत्तो र रुविना क्षेत्रीले समान एकएक विकेट लिए । 

Logo