हङकङमाथि नेपालको सानदार जित, चल्यो ब्याटिङ र बलिङ

हङकङमाथि नेपालको सानदार जित, चल्यो ब्याटिङ र बलिङ

केन्द्रबिन्दु
0
Shares

नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा हङकङमाथि सानदार जित दर्ता गरेको छ । मंगलबार भएको पहिलो खेलमा हङकङमाथि नेपालले ६ विकेटको जित निकालेको हो । 

मलेसियाको बायोमास ओभलमा हङकङले जितका लागि दिएको ८४ रनको मध्यम लक्ष्य नेपालले १५.५ ओभरमा मात्र ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि  सम्झना खड्काले सर्वाधिक रन जोडिन् । त्यस्तै, ओपनर पूजा महत्तोले १६ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १० रन बनाइन् । 

बलिङमा हङकङका मार्यम विवि, इक्रा सहर, मरिको हिल र कप्तान क्यारी चानले समान एकएक विकेट लिए ।

May be an image of 3 people and text

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएको थियो ।  हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन जोडिन् । त्यस्तै, डोरोथेआ चानले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । हङकङका ब्याटरमाथि नेपाली बलर हाबी बनेका थिए ।

May be an image of 3 people and text

हङकङलाई सस्तैमा रोक्ने क्रममा नेपालकी अलराउन्डर सीता रानामगर एक्लैले ५ विकेट लिइन् । सो क्रममा ४ ओभर बलिङ गरेकी उनले मात्रै १६ रन खर्चेर ५ विकेट लिएकी हुन् । त्यस्तै, इन्दु बर्माले २ विकेट तथा कविता कुँवर, पूजा महत्तो र रुविना क्षेत्रीले समान एकएक विकेट लिए । 

आइसीसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्न लागेका हुन् । अब नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ। यदी नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ। 

Logo