सन्दीप लामिछाने एसिया कप खेल्न टोलीसँग पाकिस्तान नजाने

सन्दीप लामिछाने एसिया कप खेल्न टोलीसँग पाकिस्तान नजाने

केन्द्रबिन्दु
0
Shares

पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टोलीसँगै नजाने भएका छन्।

नेपाली क्रिकेट टोली आज राती एक बजे पाकिस्तान जाँदैछ । तर टोलीका मुख्य सदस्य मानिएका सन्दीप भने टोलीसँग पाकिस्तान नजाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

सन्दीप बिरामी भएका कारण फिट नहुँदासम्म पाकिस्तान नजाने क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनी अभ्यासमा पनि सहभागी भएका थिएनन् । राष्ट्रपतिको बिदाई कार्यक्रमका पनि उनी गएका थिएनन् ।

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । 

Logo