एसिया कपको सपना साकार हुँदैछ, मैदानमा शतप्रतिशत दिन्छाैंः कप्तान पौडेल

एसिया कपको सपना साकार हुँदैछ, मैदानमा शतप्रतिशत दिन्छाैंः कप्तान पौडेल


नेपाली क्रिकेट टिमका कप्तान रोहित शर्माले एसिया कपका लागि नेपाली टोली तयार रहेको बताएका छन् । 

नेपाल क्रिकेट संघले खेलाडीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा पत्रकारसँग कप्तान पौडेलले भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्न आफ्नो टोली तयार रहेको भन्दै नतिजा आफ्नो हातमा नरहे पनि मैदानमा शतप्रतिशत प्रयास गर्ने दाबी गरे । 

‘धेरै समयदेखिको सपना साकार हुँदैछ । सबैजना तयार छन् । खेलको मजा लिनेछौं’, उनले भने, ‘रिजल्ट हाम्रो कन्ट्रोलमा छैन, तर प्रोसेस कन्ट्रोलमा छ ।’ 

इमर्जिङ कपको अनुभवलाई व्यवहारमा उतार्ने मौकाको रुपमा यो खेललाई लिएको उनको भनाई छ । उनले भने, ‘हामी सबैले विश्वकप छनोट र इमर्जिङ कपबाट धेरै कुरा सिकेका छौं । खेलाडीहरुले आआफ्नो कमजोरीमा सुधार गरेका छन् । त्यसैले त्यो दिन बेस्ट क्रिकेट कसरी दिन सकिन्छ भन्नेमा फोकस्ड छौं ।’ 

सर्टबलको सामना गर्न टोलीको रणनीतिबारे पत्रकार जिज्ञासामा कप्तान पौडेलले  भने, ‘हामीले तयारी गरिरहेका छौं । सर्ट बलमा पुल हान्न नसके पनि अरु सटहरु खेल्न प्रयास गर्नेछौं । होपफुल्ली राम्रो हुन्छ ।’

त्यस्तै, प्रशिक्षक मोन्टी देसाइले सर्ट बललाई समस्याको रुपमा लिन नहुने बताए । सर्ट बलमा विश्वका दिग्गज ब्याट्सम्यानहरु पनि आउट हुने गरेको भन्दै उनले भने ‘सर्ट बलमा संसारका बेस्ट प्लेयरहरु पनि आउट हुन्छन् । म भन्छु कि प्लिज सट बल गर मेरा केटाहरुलाई । त्यसबेला उनीहरुको क्यारेक्टर देखिन्छ ।’

उनले अझैपनि नेपाली टोलीले धेरै समस्याभोग्नु परेको भन्दै प्राप्त स्रोत साधानको अधिकतम उपयोग गरेर राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताए । उनले भने ‘तिनीहरुको ठूलो इतिहास छ । हामीकहाँ धेरै समस्या छन् । खेलाडीले पाँच–महिना लाइटबिना इन्डोर प्राक्टिस गरेको देखेको छु । एउटा मात्र बलिङ मेसिन छ । क्यान म्यानेजमेन्टलाई पनि चुनौति छ । जति छ, त्यसको अधिकतम सदुपयोग गर्ने हो ।’

Logo