महिला टी-ट्वान्टी आई सिरिजमा आज नेपाल र कुवेत भिड्दै

महिला टी-ट्वान्टी आई सिरिजमा आज नेपाल र कुवेत भिड्दै


मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले आज बुधबार कुवेतसँग खेल्दैछ। दुई देशबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ। नेपालले सिरिजको पहिलो खेल जितका साथ सुरुआत गरेको थियो । मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो। 

सिरिजको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार आयोजक मलेसियासँग खेल्नेछ। यदी नेपाल शीर्ष दुईमा रहेमा शनिबार फाइनल खेल्नेछ। पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि शनिबार नै खेल्नेछन् । नेपालले सोमबारमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ। 

नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा (भदौ १४ देखि भदौ २३ सम्म ) मा मलेसियामा नै खेल्नेछ। प्रतियोगितामा एघार टोलीको सहभागीता रहनेछ। नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन्। समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन्। 

शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन्। फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी-ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन्। नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसियातथा दोस्रो खेलमा १ सेप्टेम्बरमा बहराइनसँग खेल्नेछ ।

३ सेप्टेम्बरमा भुटानसँग तेस्रो खेल खेल्ने नेपालले ४ सेप्टेम्बरमा कतारसँग चौथो खेल खेल्नेछ । नेपालले समूह चरणको पाँचौं तथा अन्तिम खेलमा ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ।

Logo