अल नासर च्याम्पियन्स लिगमा छनोट

अल नासर च्याम्पियन्स लिगमा छनोट


अन्तिम ९ मिनेटमा अप्रत्यासित पुनरागमन गर्दै साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई पराजित गरेको छ। 

मंगलबार राती भएको प्लेअफ खेलमा नासर ४-२ ले विजयी भएको हो। अल नासर तीन वर्षमा पहिलो पटक एएफसी च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको हो। अल-नासरको जितमा एन्डरसन टालिस्काले दुई गोल गरेका थिए । सुल्तान अल-घानाम र मार्सेलो ब्रोजोभिचले समान १/१ गोल गरे। पराजित शबाब अल अहलीका लागि याह्या अल घासानीले दुई गोल गरेका थिए।

खेलको ११ औँ मिनेटमा अल नासरका टालिस्काले ब्रोजोभिचको आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर, १८ औँ मिनेटमा अल घासानीले अल अहलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै अल अहलीले खेलमा अग्रता लिएको थियो।

सुल्तान अल घानमले ८८औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। ईन्जुरी समयको छैटौं मिनेटमा टास्लिकाले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई अग्रता दिलाए। ईन्जुरी समयको अन्तिम समयमा मार्सेलो ब्रोजोभिचले गोल गर्दै एएफसी च्याम्पियन्स लिगमा आफ्नो टोलीको स्थान पक्का गरे।

Logo