नेपाल कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै

नेपाल कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै


मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले कुवेतविरुद्ध ब्याटिङ खेल्दैछ। मलेसियाको बायोमास ओभलमा कुवेतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दैछ।

लेग स्पिनर खुशी डंगोललाई डेब्यू दिएको छ। त्यस्तै ईश्वरी विष्टलाई पनि आजको खेलमा मौका दिएको छ। खुशी र ईश्वरी टोलीमा आउँदा अश्मिना कर्माचार्य र अप्सरी बेगमलाई बेन्चमा राखेको छ।

आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको । नेपालले सिरिजको पहिलो खेल जितका साथ सुरुआत गरेको थियो। मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो। 

Logo