मेस्सीको कप्तानीमा रहेकाे मियामी यूएस ओपन कपको फाइनलमा

मेस्सीको कप्तानीमा रहेकाे मियामी यूएस ओपन कपको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ।

सिन्सिनाटिको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेल टाइब्रेकरमा ५-४ ले जित्दै मायमी उपाधि भिडन्तमा स्थान बनाउन सफल भयो। सेमिफाइनलको खेलको निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरि भएको थियो।

टाइब्रेकरमा सिन्सिनाटिले पराजित गर्दै मियामीले लगातार दोस्रो फाइनलमा स्थान बनाएको हो। केही दिन अघि मात्र मियामीले लिग्स कपको उपाधी जितेको थियो।

अब उपाधि भिडन्तमा ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा हुनेछ। फाइनल सेप्टेम्बर २७ मा खेलिनेछ।

Skip This
Skip This
Logo