आज नेपाल मलेसियासँग खेल्दै

आज नेपाल मलेसियासँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले आज शुक्रबार घरेलु टोलीसँग खेल्दैछ।

मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ। आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ।

नेपाल सिरिजको दुई खेल अपराजित रहेको छ। दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अंक सहित फाइनल नजिक पुगेको छ। मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो। 

बुधबार भएको दोस्रो खेलमा कुवेतला हराएको थियो। यस खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनल प्रवेश गर्न चाहन्छ। मलेसिया पनि नेपाललाई पराजित गरेर फाइनल प्रवेश गर्न चाहन्छ। यदी नेपाल शीर्ष दुईमा रहेमा शनिबार फाइनल खेल्नेछ। 

पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि शनिबार नै खेल्ने छन्। नेपालले सोमबारमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ। नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा (भदौ १४ देखि भदौ २३ सम्म ) मा मलेसियामा नै खेल्नेछ।

Logo