एसियाडका लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा

एसियाडका लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा

केन्द्रबिन्दु
0
Shares

चीनमा हुने १९औँ एसियाली खेलकुदका लागि पाकिस्तानको क्रिकेट टोली घोषणा भएको छ। पाकिस्तान क्रिकेट बोर्डले कसिम अक्रमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

एसियाली खेलकुदमा टेस्ट मान्यता प्राप्त राष्ट्रले दोस्रो टोली पठाएका छन्। मुख्य टोली भने सो समयमा भारतमा हुने आइसीसी एकदिवसीय विश्वकपमा व्यस्त रहने छ। 

एसियाली खेलकुदमा पाकिस्तानले सिधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ। एसियाली खेलकुदमा क्रिकेटको प्रतिस्पर्धा सेप्टेम्बर २८ देखि सुरु हुनेछ । प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदैछ।

पाकिस्तानी टोली

कसिम अक्रम(कप्तान) ,आमिर जमल, ओमर बिन युसुफ,अराफात मिनहास, अर्शद इक्बाल, आसिफ अली, खुसदील शाह, हैदर अली मिराज ताहिर, मोहमद हसनैन, राहिल नाजिर,शाहनवाज दहानी, सुफियन मकिम, मोहम्मद अखलाक , उस्मान कादिर

Logo