नेपालले आज हङकङसँग खेल्दै

नेपालले आज हङकङसँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

मलेसियामा जारी चार देश सहभागी महिला टी-२० आई सिरिजको फाइनलमा आज नेपाल र हङकङबीच खेल हुँदैछ। अन्तिम खेलमा मलेसियासँग पराजित भएपनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो।

शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको होनेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ।

नेपालको नेटरनरेट ०.८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो। हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। 

Logo