रोनाल्डोको ह्याट्रिकमा अल नासिरको शानदार जित

रोनाल्डोको ह्याट्रिकमा अल नासिरको शानदार जित

केन्द्रबिन्दु
0
Shares

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरेको खेलमा साउदी प्रो लिगमा अल नासिर क्लबले शानदार जित निकालेको छ। शुक्रबार राति रोनाल्डो प्रेरित अल नासिरले अल फतेहीमाथि ५-० को शानदार जित निकालेको हो। 

खेलको २८ औँ मिनेटमा साडियो मानेले गोल गर्दै अल नासिरलाई अग्रता दिलाएका थिए। रोनाल्डोको पासलाई सदुपयोग गर्दै मानेले गोल गरेका थिए।  मानेले दोस्रो गोल गर्नुअघि रोनाल्डोले समेत दुई गोल पुरा गरेका थिए। खेलको इन्जुरी समयमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे। 

म्यानचेस्टर युनाईटेड र रियल मड्रिडका पूर्व खेलाडीले क्लबका लागि तेस्रो ह्याट्रिक पुरा गरेका हुन्। अल नासिर तीन खेलको समाप्तिमा १८ टिम सहभागी लिगको १० औँ स्थानमा छ । 

Logo