लुटन टाउन चेल्सीसँग पराजित

लुटन टाउन चेल्सीसँग पराजित

केन्द्रबिन्दु
0
Shares

फरवार्ड रहिम स्टर्लिङ चम्किँएको खेलमा चेल्सीले प्रिमियर लिगमा शानदार जित दर्ता गरेको छ। शुक्रबार स्टामफोर्ड ब्रिजमा चेल्सीले नवप्रवेशी क्लब लुटन टाउनलाई ३–० ले हराएको हो। 

चेल्सीको जितमा दुई गोल स्टर्लिङले गरे। अर्को गोल निकोलस ज्याक्सनको नाममा रह्यो। खेलको १७ औँ मिनेटमा स्टर्लिङले चेल्सीलाई अग्रता दिलाएका थिए। ६८ औँ मिनेटमा उनैले चेल्सीको अग्रता दोब्बर बनाए। खेलको ७५ औँ मिनेटमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई शानदार जित दिलाए।

प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले पहिलो जित दर्ता गरेको छ। नवप्रवेशी क्लब लुटन प्रिमियर लिगमा अंक जोड्न संघर्षरत देखिएको छ। चेल्सीले कीर्तिमानी मुल्यका खेलाडी मोइसिस काइसेडोलाई पुरा समय खेलाएको थियो।प्राप्त जितले मुख्य प्रशिक्षक मौरिसियो पोचिटिनोलाई खुसी दिएको छ, यद्धपी टिममा ब्यापक सुधारको आवश्यकता देखिएको छ । 

Logo