हङकङले चार देश सहभागी महिला टी-२० आई सिरिजको फाइनलमा नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०१ रन बनाएको हो । हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक २९ रन जोडिन् । साथै मारिना ल्याम्प्लोले १९ रन बनाउँदा शान्जिन शहजाद १४ रन तथा इक्रा सहर १० रनमा अविजित रहिन् ।अन्य खेलाडीले दोहाेरो रन छुन सकेनन् ।
बलिङमा नेपालकी खुसी डंगोलले सर्वाधिक ३ विकेट लिइन् । त्यस्तै, अस्मिना कर्माचार्य र कविता जोशीले एकएक विकेट लिए ।
अन्तिम खेलमा मलेसियासँग पराजित भएपनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । नेट रनरेटकै आधारमा दोस्रो स्थानमा रहेर हङकङ पनि फाइनलमा पुग्दा मलेसिया भने जितको बाबजुद पनि बाहिरिएको थियो ।
नेपालले यसअघि हङकङलाई हराएको थियो । तर, चुनौतीपूर्ण लक्ष्यका कारण अब नेपालले कम्तिमा पावर प्लेमा आक्रामक खेल्न सक्नुपर्छ । उपाधि जित्न नेपालले भद्रगोल ब्याटिङक्रम पनि मिलाउनुपर्छ ।





























प्रतिक्रिया