एमबाप्पे चम्किएको खेलमा पीएसजीको जित

एमबाप्पे चम्किएको खेलमा पीएसजीको जित

केन्द्रबिन्दु
0
Shares

केलियन एमबाप्पे चम्किएको खेलमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित निकालेको छ। शनिबार एमबाप्पेले दुई गोल गरेको खेलमा पीएसजीले लेन्सलाई ३-१ गोल अन्तरले हराएको हो। पीएसजीले लिग वानमा पहिलो जित दर्ता गरेको हो। 

क्लबसँग उत्पन्न चर्को मतभेदका कारण एमबाप्पे यसअघि टिम बाहिर रहेका थिए र उनले लिगको पहिलो खेलमा मैदान उत्रन पाएका थिएनन्। मार्केस एसेन्सियोले पहिलो हाफको अन्तिम मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए। त्यसपछि एमबाप्पेले ५२ औँ र ९० औँ मिनेटमा लगातार दुई गोल गर्दै पीएसजीलाई ३-० को अवस्थामा पुर्याएका थिए।

खेल सकिन अन्तिम समयमा लेन्सका लागि मार्गान गुइलावोगुईले एक गोल फर्काएका थिए। लगातार दुई खेलमा बराबरीको नतिजा निकालेको पीएसजीले शनिबारको खेलमा जित निकाल्न सफल भएको छ। पीएसजीको ३ खेलबाट ५ अंक भएको छ। लेन्सको १ अंक छ।

Logo