एर्भटन हार्दा क्रिष्टल र ब्रेनफोर्ड बराबरीमा

एर्भटन हार्दा क्रिष्टल र ब्रेनफोर्ड बराबरीमा

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा वुल्भ्सले एभर्टनलाई पराजित गर्दा क्रिष्टल प्यालेस र ब्रेनफोर्ड बराबरीमा रोकिँएका छन्। शनिबार राती सम्पन्न खेलमा क्रिष्टल प्यालेस र ब्रेनफोर्डले १/१ गोलको बराबरी खेलेका हुन्। 

ब्रेनफोर्डको घरेलु मैदानमा भएको खेलमा ब्रेनफोर्डका लागि केल्भिन साडेले एक गोल गर्दा क्रिष्टलका लागि जोचिम एन्डर्सनले बराबरी गोल गरेका थिए।

शनिबार राती नै भएको खेलमा वुल्भ्सले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो।  एभर्टनको घरेलु मैदानमा भएको खेलमा वुल्भ्सका लागि सासा कालाजिडले खेलको ८७ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । 

Logo