प्रिमियर लिग फुटबलमा वेस्ट हमको सहज जित

प्रिमियर लिग फुटबलमा वेस्ट हमको सहज जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट हम युनाइटेडले सहज जित निकालेको छ। तेस्रो चरणको खेलमा अपराजित रहेको वेस्ट हमले व्राइटनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

ब्राइटनको मैदानमा १९ औं मिनेटमा वेस्ट हमका लागि जेम्स वार्डले गोल गर्दै अग्रता दिलाएका हुन्।५८ औँ मिनेटमा जारोड बोवेनले गोल गरेपछि वेस्ट हमको अग्रता दोब्बर भएको थियो।

६३ औँ मिनेटमा मिचेल एन्टोनियोले गोल गरेपछि वेस्ट हमले अग्रता तेब्बर बनाउँदै सहज जिततर्फ अग्रसर भएको थियो।तर, ८१ औँ मिनेटमा ब्राइटनका लागि पास्कल ग्रसले गोल गरेर खेल ३–१ मा ल्याए। 

जितसँगै वेस्ट हमले ३ खेलबाट ७ अंक बनाउँदै शीर्ष  स्थानमा रहेको छ।पराजित ब्राइटनको ३ खेलबाट ६ अंक मात्रै छ । ब्राइटनको चौथो स्थानमा रहेको छ । 

Logo