अफगानिस्तानमाथि सानदार क्लिनस्वीपसँगै पाकिस्तान नम्वर वान टोली

अफगानिस्तानमाथि सानदार क्लिनस्वीपसँगै पाकिस्तान नम्वर वान टोली

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानले तेस्रो ओडिआइ खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै सिरिज क्लिनस्वीप गरेको छ ।

तीन खेलको सिरिजमा पाकिस्तानले क्लिनस्वीप गरेको हो । पाकिस्तान आइसिसीको ओडिआई वरियतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इंग्ल्यान्ड पाँचौं स्थानमा छन् ।

जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पाएको अफगानिस्तान ४८.४ ओभरमा २ सय ९ रनमा अल आउट भयो । अफगानिस्तानका लागि स्पिनर मुजिब उर रहमानले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६४ रनको योगदान दिए । मुजिबले करिअरको उत्कृष्ट ब्याटिङ गरेपनि टोलीको हार टार्न सकेनन् ।

ओपनर रियाज हसनले ६६ बलमा ५ चैकासहित ३४ र रहमानउल्लाह गुरवाज ५ रनमा आउाट भए । उनी तीव्र गतीका बलर फहिम अशरफ बलमा एलबीडब्लू आउट भए । दोस्रो ओडिआइ खेलमा ओपनर रहमानउल्लाह गुरवाज र इब्राहिम जद्रानले २ सय २७ रनको सानदार दोहोरो शतकिय सुरुवात दिएका थिए ।

गुरबाजले उक्त खेलमा १ सय ५१ र जद्रान ८० रन बनाएका थिए । तर तेस्रो खेलमा गुरबाजको आपनरको जोडीको रुपमा हसन आएका थिए । गुरबाज र जद्रान दुबै चल्न नसकेपछि अफगानिस्तान सम्हाल्लिन सकेको थिएन ।

एक समय ९७–७ को दयनीय अवस्थामा पुगेको अफगानिस्तानलाई आँठौ विकेटका लागी साहिदुल्लाह कमल र मुजिव उर रहमानलो ६१ रनको साझेदारी गरेका थिए । साहिदुल्लाह कमल ६५ बलमा २ चौका सहित ३७ रनमा आउट भए । उनी सादव खानको बलमा एलबीडब्लु आउट भए ।

पाकिस्तानका शादब खानले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । शाहिन शाह अफ्रिदी, फहीम अशरफ र मोहम्मद नवाजले समान दुई विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो। पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ७९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । कप्तान बाबरले ८६ बलमा ४ चौका र १ छक्कासहित ६० रन बनाए।

तेस्रो विकेटका लागि बाबर र रिजवानले १ सय १० रनको शतकीय साभेदारी गरेका थिए । ओपनर फखार जमान २७, इमाम उल हक १३, मोहम्मद नवाज २५ बलमा २ चौका र १ छक्कासहित ३०, साउद सकिल ९, सादब खान ३ र फहिम अशरफ २ रनमा आउट भए । अघा सलमान ३१ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा नट आउट रहे ।

अफगानिस्तानका फरिद अहमद र गुलबदीन नाइबले समान दुई विकेट लिए । राशिद खान, मुजिब उर रहमान र फजलहक फारुकीले समान एक विकेट लिए । पहिलो खेलमा पाकिस्तान १ सय ४२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो ।

Logo