मेसीको डेब्यु गोलमा मायामीको सहज जित

मेसीको डेब्यु गोलमा मायामीको सहज जित

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा जारी मेजर लिग सकरमा कप्तान लियोनेल मेसीको डेब्यु गोलमा इन्टर मायामी विजयी भएको छ। आइतबार बिहान भएको खेलमा मायामीले न्युर्योक आरबीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

दोस्रो हाफको ६० औँ मिनेटमा मैदान प्रवेश गरेका मेसीले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरेका थिए। बेन्जामिन क्रेमास्चीको पासमा मेसीले सहजै गोल गरेका हुन्। त्यसअघि ३७ औँ मिनेटमा डिएगो गोमेजले मायमीका लागि पहिलो गोल गरेका थिए।

सात पटकको बालोन डि ओर विजेता अर्जेन्टिनाका कप्तान मेसी यहि सिजन मायमीमा आबद्ध भएका थिए। मेसी र उनका पूर्वक्लब बार्सिलोनाका केहि सहकर्मी मायमीमा आबद्ध भएसँगै टोलीले उच्च प्रदर्शन गरिरहेकाे  छ। 

यसअघिका ११ खेलमा लगातार हार बेहोरेको मायमी पुछारबाट तेस्रो स्थानमा रहेको छ। यस जितसँगै मायामी २३ खेलमा २१ अंक जोड्दै १४ औँ स्थानमा उक्लिएको हाे। एमएलसमा २९ टोलीको सहभागिता रहेकाे छ।

Logo