सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने

सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् ।

जिल्ला अदालत काठमाडौंको न्यायाधीश प्रकाश पण्डितको इजलासमा आज सन्दीपविरुद्धको मुद्दामा आजको पेशी स्थगित भएपनि उनी सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने भएका हुन् । नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ । तर, उनी सन्दीप भने बिरामी भएका कारण फिट नभएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले टोलीसँगै लगेको थिएन । 

एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ, जुन  समूहमा नेपालले विश्वका बलिया राष्ट्र पाकिस्तान र भारतसँग भिड्नेछ। पाकिस्तान अहिले विश्वको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। 

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । 

Logo