नेपालको पहिलाेपटक विश्व नम्बर वान टिमसँग भेट, कस्तो होला खेल ?

नेपालको पहिलाेपटक विश्व नम्बर वान टिमसँग भेट, कस्तो होला खेल ?


नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि पाकिस्तानमा छ । नेपालले भोलि भदौ १३ गते एसिया कपको पहिलो खेलमा आयाेजक टाेली पाकिस्तानसँग खेल्दै छ ।

नेपाली टीमले अहिलेसम्म खेलेको प्रतियोगितामध्येको सवैभन्दा ठूलो प्रतियोगिताको रुपमा एसिया कप रहेको छ । यसको तयारीमा जति जुट्नुपर्ने हो त्यति टोली नजुटेको देखिन्छ । अहिलेसम्म जति पनि खेलहरु नेपाली टोलीले खेलेको छ सवै धेरै जसो खेल आफ्नो र्यांकिङ भन्दा तलका टोलीहरुसंग खेलेको छ । यसअघि भएको एसीसी मेन्स इर्मेजिङ प्रतियोगितामा पनि नेपाली टोली मात्र सिनियर टोली रहेको थियो । 

पाकिस्तान अहिले एकदिवशीय विश्व क्रिकेटको एक नम्बर र्यांकिङमा रहेको टिम हो । नेपाल भने १५ औँ नम्बरमा रहेको छ । नेपालको पाकिस्तानविरुद्धको खेलमा लगभग हार निश्चित जस्तै छ तर खेल हो जित निकाल्न पनि सकिन्छ । अहिले पाकिस्तानको कमजोरीको कुरा गर्ने हो भने लगभग देखिदैँन भर्खरै भएको अफगानिस्तानसँगका तीन खेलमा पाकिस्तानले दुई खेलमा जीत निकाल्न निकै संंघर्ष गर्नु परेको थियो तर उसको ‘लोअर मिडल अडर’ले राम्रो व्याटिङ गर्दा जित निकाल्न सफल भएको हो ।

May be an image of 14 people, people playing football, people playing soccer and text that says 'CAN NEPAL'

नेपालको पछिल्ला ५ खेल हेर्ने हो भने एकदमै आउटअफ फर्म रहेको छ । जति खेल नेपालले आफ्नो होम ग्राउण्डमा खेलेको छ सवै राम्रो गरेको छ । तर देश बाहिर गए पछि खेल विग्रिएको छ । नेपालको प्रमुख हतियार भनेको स्पिन वलिङ रहेको छ तर पाकिस्तानी व्याटरहरु स्पीन वलिङ खेल्नको लागि माहिर रहेका छन् ।नेपालको प्रमुख हतियारलाई निस्तेज पार्न उनीहरु तयार रहेको देखिन्छन् ।

नेपालका पूर्वकप्तान पारस खड्का भने नेपालको लागि एसिया कप खेल्ने अवसर गौरव गर्नुपर्ने अवसर भएको र यसको भरपुर सदुपयोग गर्नुपर्ने वताउँछन् । उनी भन्छन्- 'मंगलबार हुन गइरहेको खेलमा नेपाली टिम र पाकिस्तानी टिमका कण्डिसन धेरै फरक हो । नेपाल जुन अवस्थाबाट यहाँ सम्म आएको छ त्यसलाई हामीले सम्मान गर्दै खेल भावनाको विकास गर्नु पर्छ ।  खेलमा हार जीत हुन्छ हामीले हाम्रो साख जोगाएर लाने हो । अहिले नेपाली खेलाडी उत्साहित छन यसको सदुपयोग गर्नु पर्छ ।' 

नेपाल-पाकिस्तानको खेलमा हेर्नै पर्ने खेलाडीहरु 

पाकिस्तानी व्याटर बाबर आजम एकदिवशीय क्रिकेटका व्याटिङ र्यांकिङमा पहिलो नम्बरमा रहेका खेलाडी हुन् । उनी एक्लैले खेल जिताउने क्षमता राख्दछन् । उनले पछिल्ला १० खेलमा ४७ को औसतमा ४ सय ७२ रन बनाएका छन् उनको स्ट्यकरेट लगभग ८२को रहेको छ ।

त्यस्तै, अर्का पाकिस्तानी व्याटर फकर जमान पनि विश्व क्रिकेटको ५ नम्बरको र्यांकिङमा रहेका छन् । उनले पनि पछिल्ला १० खेलमा ५८ को औसतमा ५ सय २३ रन बनाएका छन् । अर्का पाकिस्तानी व्याटर इमाम उल हक पनि विश्व क्रिकेटको तेस्रो नम्बरको र्यांकिङमा रहेका छन् । यी व्याटरहरु नेपालको वलिङ लाइनको लागि खतरा हुनेछन् ।

Nepal register an easy win against Oman ahead of the World Cup Qualifier

नेपालका व्याटरहरुमा कुशल भुर्तेलले निकै जिम्मेवारी वहन गर्नु जरुरी देखिन्छ, उनले पछिल्ला १० खेलमा ३० को औसतमा २९७ रन बनाएका छन् । त्यस्तै, अर्का व्याटर भीम सार्की हुन्, उनले १० खेलमा ३७ को औसतमा २५८ रन बनाएका छन् । कप्तान रोहित पौडेलको पनि पाकिस्तानसँगको खेलमा मुख्य जिम्मेवारी रहने छ । ‘टप अडर’ यदि प्लप भएमा उनले खेल सम्हाल्नुपर्ने देखिन्छ ।

बलरको कुरा गर्ने हो भने पाकिस्तानमा कोही भन्दा कोही कम छैनन् । पाकिस्तानको फास्टबलर र स्पिनर उतिकै दमदार रहेका छन् । एकदिवशीय र्यांकिङमा नवाैं नम्बरमा रहेका शाहिन शाह अफ्रिदीको पछिल्ला ७ खेलमा १४ विकेट लिएका छन् । उनी नेपालको व्याटिङ लाईनको खतरा बन्न सक्छन्, उनले पेसको अघि नेपाली व्याटर निकै सम्हालिएर खेल्न जरुरी देखिन्छ । अर्का फास्ट बलर हरिस रुफ पनि उत्तिकै खतरा रहेका छन्, उनले पछिल्ला ८ खेलमा १५ विकेट लिएका छन् ।

नेपाली बलरको कुरा गर्ने हो भने पहिलो रोजाईमा सन्दीप लामिछाने पर्छन्, उनको लेग स्पिन खेल्न निकै मुस्किल हुने छ पाकिस्तानी व्याटरलाई । तर सन्दीपले भने विश्वको विभिन्न ठाउँमा गएर खेल खेलेको कारण उनको वलिङको एनालाइसिस गरेर उनीमाथि पाकिस्तानी वलरले अट्याक गर्न पनि सक्छन् । सन्दीपले पछिल्ला १० खेलमा १८ विकेट निकालेका छन् । 

May be an image of 3 people, people playing soccer, people playing football and text that says 'M CAN'

नेपालका अर्का वलर ललित राजवंशी अहिले निकै फर्ममा देखिएका छन्, उनको वलिङ पाकिस्तानको लागि खतरा हुनसक्छ । त्यस्तै, फास्ट वलर करण केसी र सोमपाल कामीले पाकिस्तानविरुद्धको खेलमा महत्वपूर्ण भूमिका खेल्न जरुरी छ ।

एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन् । एसिया कपको पहिलो खेल नेपाल र पाकिस्तानबीच भोलि भदौ १३ गते हुनेछ ।

एसिया कपका प्रतिष्पर्धी हेर्दा सवैभन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन् । नेपाल समूह ‘ए’ मा छ, जुन  समूहमा पाकिस्तान र भारत पनि छन् । नेपालले दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ । 

Logo