एसिया कप क्रिकेटः नेपालले आज पाकिस्तानसँग खेल्दै

एसिया कप क्रिकेटः नेपालले आज पाकिस्तानसँग खेल्दै


एसिया कप क्रिकेटको उद्घाटन खेलमा आज नेपाल र पाकिस्तान भिड्दैछन्। मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सूरु हुनेछ। 

नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्दैछ। नेपालले पाकिस्तानसँग खेल्न लागेको याे पहिलो पटक हो। पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग खेल्न लागेको हो। 

गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो। युएई र हङकङ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन भएर प्रतियोगिताका लागि छानिएको हो। यसअघिको एसिया कपमा युएई र हङकङले खेलेका थिए।

एकदिवसीय विश्वकप लिग टूका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै नेपाल एक दिवसीय विश्वकप छनोट खेल्न पाएको थियो भने एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो। पाकिस्तान विश्व नम्बर एक ब्याट्सम्यान बाबर आजमको नेतृत्वमा मैदान उत्रनेछ भने नेपाली क्रिकेट टिमलाई रोहित पौडेलले नेतृत्व गर्नेछन्। 

Logo