रोनाल्डोको सानदार प्रदर्शनमा अल नासरको जित

रोनाल्डोको सानदार प्रदर्शनमा अल नासरको जित


कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शन रहेको खेलमा साउदी प्रो लिगमा अल नासिर क्लबले सानदार जित निकालेको छ। मंगलबार राति रोनाल्डो प्रेरित अल नासिरले अल शबाबमाथि ४-० को शानदार जित निकालेको हो। 

खेलको १३ औँ मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै अल नासिरलाई अग्रता दिलाएका थिए। रोनाल्डाले नै ३८ औँ मिनेटमा गोल गदैं टोलीको अग्रता दोब्बर गराएका थिए।रोनाल्डोले दुवै गोल पेनाल्टी मार्फत गरेका थिए। खेलको ४० औँ मिनेटमा साडियो मानेले गोल गर्दै अल नासिरलाई ३-० को स्थितिमा पुर्याएका थिए। 

रोनाल्डोको पासलाई सदुपयोग गर्दै मानेले गोल गरेका थिए।८० औँ मिनेटमा सुल्तानले गोल गर्दै अल नासिरको जित निश्चित गराएका थिए। अल नासिर चार खेलको समाप्तिमा १८ टिम सहभागी लिगको छैंटौं स्थानमा छ। 

Logo