मेयर बालेनकाे कौतुहलता- ‘सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछन् होला ?’

मेयर बालेनकाे कौतुहलता- ‘सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछन् होला ?’


काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले एसिया कप क्रिकेटमा नेपाली टोलीलाई पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना दिएका छन्।
 
बुधबार सामाजिक सञ्जाल मार्फत मेयर साहले सन्दीप लामिछानेले माेहम्मद रिजवानलाई कसरी स्पिनमा नचाउँछ होलान् ? यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहल्ता सधैं मनमा रहन्थ्यो, यो सपना आज केही समयमा पूरा हुँदैछ भन्दै शुभकामना दिएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-‘टिभीमा सोएब अख्तर, शाहीद अफरिदी, बाबर आजम, शाहीन अफरिदीहरुको खेल हेरेर रमाइन्थ्यो। विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सँधै रोमाञ्चकता दिन्थ्यो। सोचिन्थ्यो, नेपाली टोलीले पनि यिनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो! अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान्! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला! सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछ होलान्! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो। यो सपना आज केही समयमा पूरा हुँदैछ। नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाई अनि खेलको लागि सम्पूर्ण नेपालीलाई शुभकामना।’

एसिया कप क्रिकेटको उद्घाटन खेलमा आज नेपाल र पाकिस्तान भिड्दैछन्। मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सूरु हुनेछ।  नेपालले पाकिस्तानसँग खेल्न लागेको याे पहिलो पटक हो। पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग खेल्न लागेको हो। 

Logo