पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता, रोहितको उत्कृष्ट रनआउट

पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता, रोहितको उत्कृष्ट रनआउट

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । 

टस हारेपछि फिल्डिङमा आएको नेपालबाट छैटौं ओभर पहिलो बलमा पाकिस्तानका इमाम उल हकलाई रनआउट गर्दै दोस्रो सफलता प्राप्त गरेको हो । सोमपाल कामीले गरेको बलिङमा कप्तान रोहित पौडेलले इमामलाई ५ रनमा उत्कृष्ट रन आउट गर्दै पभेलियनको दिशा देखाएका थिए । 

यसअघि नेपालका करण केसीले फखर जमानलाई १४ रनमा क्याच आउट गराएका थिए । 

हाल पाकिस्तानले दुई विकेट गुमाएर २७ रन बनाएर खेलिरहेको छ । क्रिजमा कप्तान बाबर आजम र मोहम्मद रिजवान छन् । 

नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गरेको हो । नेपालले पाकिस्तानसँग खेल्न लागेको यो पहिलो पटक हो। पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग खेल्न लागेको हो। 

Logo