पाकिस्तानमाथि हाबी बन्दै नेपाल, सन्दीपले दिलाए विकेट

पाकिस्तानमाथि हाबी बन्दै नेपाल, सन्दीपले दिलाए विकेट

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले चौथो सफलता प्राप्त गरेको छ ।

टस हारेपछि फिल्डिङमा आएको नेपालका लागि सन्दीप लामिछानेले २७ ओभरको पाँचौ बलमा चौथो विकेट दिलाएका हुन् । उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलमार्फत क्याच आउट गराएका हुन् । हाल पाकिस्तानले ४ विकेटको क्षतिमा १३३ रन जोडेको छ । 

तेस्रो विकेटको रुपमा सन्दीपकै बलमा दीपेन्द्रसिंह ऐरीले २३ ओभरको चौथो बलमा  मोहम्मद रिजवानलाई ४४ रनमा आउट गरेका थिए । योसँगै रिजवान र कप्तान बाबर आजमबीचको पार्टनरसीप तोडिएको थियो । 

यसअघि छैटौ र सातौँ ओभरमा नेपालले एक/एक विकेट लिएको थियाे । सातौँ ओभरको पहिलो बलमा पाकिस्तानका इमाम उल हक रन आउट भए भने छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फखर जमानलाई आउट गरे । 

Logo