आइसिसी महिला टी-२० विश्वकप छनोटः नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य

आइसिसी महिला टी-२० विश्वकप छनोटः नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य


आइसिसी महिला टी-२० विश्वकप छनोटमा नेपालले मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ८४ रन बनाएको हो।  

नेपालका लागि ओपनर सिता राना मगरले सर्वाधिक रन बनाइन्। उनले ५४ बलमा  १ चौका प्रहार गर्दै नट आउट  ३८ रन बनाइन्। त्यस्तै अप्सरी बेगमले १७ रन, रूबिना क्षत्री बेलबासीले १२ रन र पुजा महतोले ५ रन बनाउँदा  कविता जोशीले नट आउट ५ रन जोडिन्।

सम्झना कुमारी खड्का, इन्दु बर्मा र काजल श्रेष्ठ डकआउट भए। बलिङतर्फ मलेसियाकी एन्ना हमिजले २ विकेट लिइन्। महिरा इज्जत इस्माइल, आइशा एलिसा र निकनुर एटिएलाले एक-एक विकेट लिए।  प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ।

Logo