नेपालको सानदार बलिङ चल्दा बहराइन ३१ रनमै अलआउट

नेपालको सानदार बलिङ चल्दा बहराइन ३१ रनमै अलआउट


आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई सामान्य लक्ष्य दिएको छ । 

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा अलआउट हुँदै ३१ रनमै समेटिएको हो । बहराइनका लागि कप्तान दीपिका रसंगिकाले सर्वाधिक ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । इर्षा सुहुन र आशा सामिल्दीनले समान ५५ रन जोडे भने ओपनर थरंगा ४ रनमा आउट भइन् । नेपालको सानदार बलिङ चल्दा ६ खेलाडी शून्य रनमै सिमित भए । 

बलिङमा नेपालकी इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् । त्यस्तै, खुशी डंगोलले २ विकेट तथा कविता कुँवर, पुजा महतो र रुविना क्षेत्री बेलबासेले एक एक विकेट लिएकी छिन् ।

नेपाल प्रतियोगितामा बहराइनलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने योजनामा छ। हिजो भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो। 

Logo