बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी


बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी भएका छन् । 

संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा खड्काले २३ मत पाउँदा उनका प्रतिद्धन्द्धी उमेश पियाले १४ मत पाए । शुक्रबार बागमती प्रादेशिक क्रिकेट संघको दोस्रो साधारण सभा एवं अधिवेशन पश्चात भएको मतदानमा ३७ मतदाताले मतदान गरेका थिए । 

मतदानबाट खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । 

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्काले काठमाडौं जिल्ला क्रिकेट संघमा प्रवेश गर्दै प्रदेशको अध्यक्षमा उम्मेद्वारी दिएका थिए । उनको प्रतिद्धन्द्धी उमेश पिया चितवन जिल्ला क्रिकेट संघमा पदाधिकारी हुन् । 

Logo