पाकिस्तानका फास्ट बलरसामू भारत निरीह, रोहित र कोहली सस्तैमा आउट‍

पाकिस्तानका फास्ट बलरसामू भारत निरीह, रोहित र कोहली सस्तैमा आउट‍

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानले एसिया कपमा भारतविरुद्ध सानदार सुरुवात गरेको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले पहिलो १० ओभरको पावर प्लेमा ३ विकेट गुमाएको हो । 

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट गरे । वर्षाको कारण रोकिएपछि फर्किएको ओभरमा अफ्रिदीले रोहितलाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका हुन् । 

त्यस्तै, सातौं ओभरको तेस्रो बलमा विराट कोहली अफ्रिदीको बलमा ४ रनमा बोल्ड आउट भए । उनी आफ्नो ब्याटमा एज लागेर बोल्ड आउट हुन पुगेका थिए । त्यसपछि नवौं ओभरको पाँचौ बलमा श्रेयस लेयर १४ रनमा आउट भए । उनलाई हरिश रुफले क्याच आउट गरेका हुन् । 

हाल भारतले ३ विकेट गुमाउँदै ४९ रन बनाएको छ । क्रिजमा ओपनर शुभम गिल तथा इशान किसान छन् । 

Logo