पाकिस्तानविरुद्ध भारत अलआउट

पाकिस्तानविरुद्ध भारत अलआउट

केन्द्रबिन्दु
0
Shares

भारतले एसिया कपमा पाकिस्तानलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा अलआउट हुँदै २६६ रनमा समेटिएको हो । 

खराब सुरुवात गरेको भारतलाई खेलमा फर्काउन ईशान किशन र हार्दिक पान्ड्याले उत्कृष्ट पुनरागमन गरेका थिए । एक समय १४ ओभरमा ६६-४ को अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि १ सय ४१ बलमा १ सय ३८ रनको महत्वपूर्ण साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए ।

पान्ड्याले सर्वाधिक ८७ रन जोडे । उनी शतकबाट भने चुके । ९० बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे । साथै किशन पनि शतक नजिक पुगेर आउट भए । उत्कृष्ट ब्याटिङ गरेका किशन ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनमा समेटिए । 

May be an image of 4 people and text

पाकिस्तानका तीव्र गतिका बलरसामू भारतको सुरुवात भने राम्रो हुन सकेन । कप्तान रोहित शर्मा ११ रन जोडेर आउट हुँदा शुभमन गिल १० रन, विराट कोहली ४ रन तथा श्रेयस ऐर १४ रनमा पवेलियन फर्किएका थिए । 

May be an image of 2 people and text

बलिङमा पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, हरिस रौफ र नशिम शाहले समान ३/३ विकेट लिए । 

एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि भारतले त्यहाँ गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा खेल भएको हो। पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । भारतको यो पहिलो खेल हो ।

Logo